Kathmandu Press

बम राखी तीन कराेड फिरौती माग्ने ३ जना पक्राउ

काठमाडाैं,भदाै २७ : प्रहरीले बम राखी तीन कराेड रूपैयाँ फिरौती रकम माग्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २५ वर्षीय...
बम राखी तीन कराेड फिरौती माग्ने ३ जना पक्राउ

काठमाडाैं,भदाै २७ : प्रहरीले बम राखी तीन कराेड रूपैयाँ फिरौती रकम माग्ने तीन जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २५ वर्षीय आशिष कुँवर, उनको सहोदर भाइ २० वर्षीय अभिषेक कुँवर र रोल्पाका ४० वर्याीय अम्मरबहादुर रोक्का मगर छन्। 

आशिषले मातृका आँखा अस्पतालका डाक्टरलाई वारम्वार फोन गरी अस्पताल र घरसमेतमा बम राखी पड्काई अस्पताल र घर परिवार समेतलाई ध्वस्त पारी दिन्छौं भनी धम्क्याउने गरेका थिए। उनीहरुले डाक्टरको परिवार सुरक्षित राख्ने भए तीन करोड रुपैयाँ तयार गरी नागढूङ्गामा लिई आउनु भन्दै धम्काएका थिए। 

उनीहरुलाई महानगरीय प्रहरी परिसरका प्रउको कमाण्डमा टोली परिचाल गरी नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्