जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, भदौ २७ : जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ पकलीका ४१ वर्षीय...
काठमाडौं, भदौ २७ : जबरजस्ती करणी र डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका १७ पकलीका ४१ वर्षीय बल्ला भन्ने रजावुल मिया रहेका छन्।
प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो।
उक्त मुद्दामा उच्च अदालत विराटनगरको २०६८ असार ३० गतेको फैसलाले १४ वर्ष ५ महिना १२ दिन कैद सजाय र ६४ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो।
२०६४ भदौ १५ गते राति पीडितलाई डर त्रास देखाई जबरजस्ती करणी गरेर सुन लगायतका बहुमुल्य गहना समेत लुटेर फरार रहेको घटनामा दोषी ठहर भई उनलाई उक्त सजाय तोकिएको थियो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङ पठाइएको उक्त ब्यूरोले जनाएको छ।
प्रकाशित मिति: १८:३९ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












