भन्सार छलेर ल्याइँदै गरेका मालसामान बरामद

बाँके, भदौ २७ : नेपालगघह उपमहानगरपालिका–१० ट्राफिक चोकबाट अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको करिब २ लाख २० हजार रुपैयाँ मूल्य बराबरको विभिन्न कपडा, सुपारी र किरानाको सामान शनिबार राति प्रहरीले बरामद गरेको छ।
भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको उक्त सामान छोडेर अपरिचित व्यक्तिहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त सामानहरू बरामद गरेको हो।
फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १६:४३ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)