Kathmandu Press

प्रदेश–१ मा थप २०७ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २६ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा ५१४ जनाको पीसीआर...
प्रदेश–१ मा थप २०७ मा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडौं, भदौ २६ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२ मध्ये विराटनगरमा ३७, झापामा ३२, सुनसरीमा २६, धनकुटामा दुई, खोटाङ, इलाम, पाँचथर, ताप्लेजुङ र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै २८८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। सो सङ्क्रमणबाट मुक्त हुनेमा १७९ जना महिला र १०९ जना पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्