सवारी दुर्घटनामा परी एकजनाको मृत्यु
सुनसरी, भदौ २६ : दुहबी नगरपालिका–८ सोनापुरमा ना५५ प ९९७९ नम्बरको मोटरसाइकलाई को१क ३३९५ नम्बरको मिनीट्रकले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही...
सुनसरी, भदौ २६ : दुहबी नगरपालिका–८ सोनापुरमा ना५५ प ९९७९ नम्बरको मोटरसाइकलाई को१क ३३९५ नम्बरको मिनीट्रकले शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही लालबन्दी नगरपालिका–८ बस्ने ३६ वर्षीय सुलभ गिरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो।
मिनीट्रक चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:०० बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












