प्रहरी हुँ भन्दै सर्वसाधरणलाई धम्क्याउने एकजना पक्राउ
बाँके, भदौ २६ : प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्काएको अभियोगमा कालिकोट खाडाचक्र नगरपालिका–६ बस्ने १९ वर्षीय लक्ष्मण शाहीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको...
बाँके, भदौ २६ : प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्क्याएको अभियोगमा कालिकोट खाडाचक्र नगरपालिका–६ बस्ने १९ वर्षीय लक्ष्मण शाहीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–२ बागेश्वरी मन्दिर परिसर नजिकको पार्कमा आफूलाई प्रहरी हुँ भनी सर्वसाधारण नागरिकलाई धम्काई जाँच तथा सोधपुछ गर्ने शाहीलाई वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनीउपर थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।
प्रकाशित मिति: १७:३१ बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)