Kathmandu Press

हत्या गरेको अभियोगमा दुईजना पक्राउ

ओखलढुंगा, भदौ २६ : खिजिदेम्बा गाउँपालिका-५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्रबहादुर तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो...
हत्या गरेको अभियोगमा दुईजना पक्राउ

ओखलढुंगा, भदौ २६ : खिजिदेम्बा गाउँपालिका-५ ढाडखर्क बस्ने ६८ वर्षीय मित्रबहादुर तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने मृतककै माइला भाइ ६७ बर्षीय शेरबहादुर तामाङ र शेरबहादुरकै छोरा ३६ वर्षीय वीरबहादुर तामाङ रहेका छन्।

जग्गा अंशबण्डाको बिषयमा उनीहरूबीच विवाद हुँदा शेरबहादुर र वीरबहादुरले खुकुरी तथा दाउ प्रहार गर्दा मित्रबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको प्रहरीले उनीहरूलाई खुकुरी तथा दाउसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:२४ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्