१५ वर्षीया किशोरीको शव फेला
राजविराज, माघ १५- सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्याल....
राजविराज, माघ १५- सप्तरीको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा आज एक किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयले नहरले बगाएर ल्याउँदै गरेको अवस्थामा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारी रहेको जनाएको छ । उनको कसैले हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए।
शवपरीक्षण गरी आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।
प्रकाशित मिति: २०:३० बजे, मंगलबार, माघ १५, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१