Kathmandu Press

मानसिक स्वास्थ्य प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

मानसिक स्वास्थ्य प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

गण्डकी, भदौ २५ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवर्द्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनले यसको निराकरणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताए।

सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्णय गरी अविलम्ब कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उनले जीवनलाई जोगाउँदै सुनौलो भविश्यको निर्माण गर्नुपर्छ भन्नेमा आफ्नो व्यक्तिगत एवं मन्त्रालयको तर्फबाट प्रतिबद्धता व्यक्त गरे।

Hardik ivf

मुख्यमन्त्री पोखरेलले व्यक्तिलाई बदल्नेभन्दा पनि समाजमा रहेका नकारात्मक सोच र अभ्यासलाई परिवर्तन गर्न आवश्यक रहेकामा जोड दिए। आर्थिकरूपमा सम्पन्न भए पनि मानसिकरूपमा कमजोर भएपछि मानिस आत्महत्या गर्न बाध्य भएको पाइएको उनको भनाइ छ।

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङले मानसिक स्वास्थ्यका बारेमा सरकार संवेदनशील रहेको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन। कोशिश नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले आफू आत्महत्याको प्रयासपछि बँचेर नयाँ जीवन पाएको अनुभव सुनाए। मानसिक समस्या रोग नभई मनको समस्या भएका कारण मनोसामाजिक परामर्शले समस्यालाई कम गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्