जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ
दाङ, भदौ २५ : १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान प्रहरीले बंगलाचुली गाउँपालिकाका २७...
दाङ, भदौ २५ : १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
शुक्रबार बिहान प्रहरीले बंगलाचुली गाउँपालिकाका २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङीलाईपक्राउ गरेको हो।
ती किशोरी बुधबार साँझ तिजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)