शिलाजित र यार्सागुम्बासहित पक्राउ
काठमाडौं, भदौ २५ : चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट कागजपत्र नभएको करिब ४ किलो ६ सय ग्राम शिलाजित जस्तो देखिने वस्तु र करिब ९५...
काठमाडौं, भदौ २५ : चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट कागजपत्र नभएको करिब ४ किलो ६ सय ग्राम शिलाजित जस्तो देखिने वस्तु र करिब ९५ ग्राम यार्सागुम्बा जस्तो देखिने वस्तु सहित एक जना पक्राउ परेका छन्।
बिहीबार साँझ प्रहरीले लमजुङ भुजुङ गाउँपालिकाका २७ वर्षीय देउ बहादुर गुरुङलाई पक्राउ गरेको हो।
नागढुङ्गास्थित चेक प्वाइन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लमजुङ बेशीसहरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१०५ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा गाडीमा सवार गुरुङलाई झोलाभित्र लुकाई ल्याएको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
प्रकाशित मिति: १९:२० बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












