Kathmandu Press

प्रभु बैंकको नाफा दुई अर्ब पाँच करोड, प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ

काठमाडौं, साउन ९ : प्रभु बैंकले आर्थिक वर्ष २०७५÷७६ मा दुई अर्ब पाँच करोड नाफा कमाएको छ। जुन गत वर्षभन्दा दोब्बर हो।

अघिल्लो वर्ष बैं....

प्रभु बैंकको नाफा दुई अर्ब पाँच करोड, प्रतिसेयर आम्दानी २४.१८ रुपैयाँ
फाइल फोटो

काठमाडौं, साउन ९ : प्रभु बैंकले आर्थिक वर्ष २०७५÷७६ मा दुई अर्ब पाँच करोड नाफा कमाएको छ। जुन गत वर्षभन्दा दोब्बर हो।

अघिल्लो वर्ष बैंकको नाफा ९६ करोड ७० लाख रुपैयाँ थियो। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा एक अर्ब ७३ करोड गरेको विवरणमा उल्लेख छ।

शतप्रतिशत बढीले नाफा कमाउदा ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा करिब शतप्रतिशतले बढाएको छ। गतवर्ष बैंकले चार अर्ब ५६ करोड ब्याज करोड गरेको थियो। अघिल्लो वर्ष ब्याज आम्दानी दुई अर्ब ८१ करोड थियो।

असार मसान्तसम्ममा प्रभु बैंकले एक खर्ब १२ करोड निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ८६ अर्ब ४१ करोड गरेको छ।

बैंकको प्रति सेयर आम्दानी २४.१८ रुपैयाँ रहेको छ। बैंकको कर्जा निक्षेप अनुपात ७४.२५ प्रतिशत रहेको छ। बैंकले ४.७० प्रतिशत स्प्रेडदरमा काम गरेको छ।

बैंकको बेसरेट अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो वर्ष १०.६२ प्रतिशत रहेको बेसरेट गतवर्ष ९.६३ प्रतिशतमा झरेको छ।

 

प्रकाशित मिति: ११:४४ बजे, बिहीबार, साउन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्