Kathmandu Press

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

विराटनगर, साउन ८ :  प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ। 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित....

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

विराटनगर, साउन ८ :  प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ। 

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको हो। बैठक विशेष कारणले स्थगन गर्नु परेको प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

प्रदेशसभाको बैठक कक्षको प्रवेशद्वारमा वर्षातको पानी जमेको  र शौचालयको ट्याङ्की भरिएर त्यहाँको फोहर बाहिर निस्की दुर्गन्ध फैलिनुजस्ता कारणले  सभामुख प्रदीपकुमार भण्डारीको निर्देशनमा बैठक स्थगित गरिएको हो। 

बैठक स्थगनपछि प्रदेशसभा सदस्यहरु आ–आफ्ने गन्तव्यतिर लागेका थिए। प्रदेशसभाको अर्को बैठक साउन १९ गते दिउँसो १ बजे बस्ने जनाइएको छ।

प्रकाशित मिति: १८:५२ बजे, बुधबार, साउन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्