Kathmandu Press

कार्डबाट भुक्तानी गर्दा अब शुल्क नलाग्ने

काठमाडौं, साउन ८ :  अब पोइन्ट अफ सेलबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्र....

कार्डबाट भुक्तानी गर्दा अब शुल्क नलाग्ने

काठमाडौं, साउन ८ :  अब पोइन्ट अफ सेलबाट भुक्तानी गर्दा अतिरिक्त शुल्क नलाग्ने भएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कार्डबाट भुक्तानी गर्दा शुल्क लिन नपाउने व्यवस्था गरेको हो। योसँगै अब लाखौं उपभोक्तालाई राहत हुने भएको छ। 

यसअघि सेवा प्रदायकहरुले कार्डबाट भुक्तानी गर्दा पिओएस मेसिन शुल्क भन्दै असुल गर्दै आएका थिए। राष्ट्र बैंकले अनलाइन कारोबारलाई प्रवद्र्धन गर्न शुल्क नलाग्ने व्यवस्था गरेको गभर्नर डा. चिरञ्जिवी नेपालले बताए।
 

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, साउन ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्