सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार निरौलाद्वारा पदभार ग्रहण
काठमाडौँ, माघ १५- सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गरेका छन् मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रा....

काठमाडौँ, माघ १५- सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गरेका छन् मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौलाको नाम अनुमोदन गरेपछि आज पदभार ग्रहण गरेका हुन्। न्याय सेवा आयोगको सिफारिशलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने कानुनी व्यवस्था छ।
निरौला यसअघि न्याय परिषद्को सचिव थिए। न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता र दक्षताका आधारमा मुख्य रजिष्ट्रारमा बढुवाका लागि सिफारिश गरेको थियो । निरौला २०७३ साल माघ ६ गते सर्वोच्च अदालतको रजिष्ट्रार बनेका थिए।
विसं २०२८ माघ २५ गते खोटाङ जिल्लाको एैँसेलुखर्क गाउँपालिकामा जन्मनुभएका निरालौले विसं २०५२ साल मङ्सिर २४ गते न्याय सेवा आयोगको शाखा अधिकृतबाट सेवा शुरु गरी २०६० मा सर्वोच्चको उपरजिष्ट्रार हुँदै २०६५ मा खुल्लातर्फबाट सहरजिष्ट्रार भएका थिए।
यसैगरी, मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको सर्वोच्च अदालतको रजिष्ट्रारमा लालबहादुर कुँवरलाई बढुवा गरेको छ । विसं २०२९ पुस ४ गते गुल्मीमा जन्मनुभएका कुँवर न्याय सेवा आयोगले वरिष्ठता र कार्यकुशलताका आधारमा रजिष्ट्रार बनेका हुन्।
विसं २०५५ मा सर्वोच्च अदालतमा शाखा अधिकृतबाट सेवा सुरु गरेका कुँवर २०६५ मा उपरजिष्ट्रार हुँदै २०६७ वैशाख ८ गते खुल्लातर्फबाट सहरजिष्ट्रार भएका थिए।










