प्रदेश नं १ मा ४५० जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, भदौ २३ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। जसमा एक हजार...
विराटनगर, भदौ २३ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। जसमा एक हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र ७३१ जनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३७ मध्ये विराटनगरमा ५८, सुनसरीमा ७५, झापामा ६८, धनकुटामा १०, इलाममा नौ, उदयपुरमा चार, पाँचथरमा तीन, भोजपुरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो।
प्रदेशमा आजै १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ९७ महिला र १०१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २०:५५ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












