Kathmandu Press

जिसस प्रमुखसहित १५ जनप्रतिनिधि एकीकृत समाजवादीमा 

किमाथाङ्का, भदाै २३ : सङ्खुवासभाको जिल्ला समन्वय समिति प्रमुखसहित १५ जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। मङ्गलबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा जिल्ला समन्वय...
जिसस प्रमुखसहित १५ जनप्रतिनिधि एकीकृत समाजवादीमा 
Hardik ivf

किमाथाङ्का, भदाै २३ : सङ्खुवासभाको जिल्ला समन्वय समिति प्रमुखसहित १५ जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। मङ्गलबार दिउँसो जिल्ला निर्वाचन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यसहित जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयमा पुगेर जिल्ला समन्वय समितिका प्रमुख शाक्य, खाँदबारी नगरपालिका उपप्रमुख डेगेश्वरी श्रेष्ठ, पाँचखपन नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर खड्का, पाँचखपन नगरपालिका–८ का वडाध्यक्ष छत्रबहादुर न्यौपाने, सभापोखरी गाउँपालिका–५ वडाध्यक्ष याम सुब्बासहित १५ जनप्रतिनिधि एकीकृत समाजवादी सनाखत गरेको एकीकृत समाजवादी सङ्खुवासभाका नेता हेमराज घिमिरेले जानकारी दिए।

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य एक र वडा सदस्य नौ जनाले समेत एकीकृत समाजवादी सनाखत गरेका छन्। यसअघि सङ्खुवासभाका प्रदेशसभा सदस्य सरिता थापा, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन्।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्