Kathmandu Press

गण्डकीमा थपिए थप १६३ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २३ : गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको नमुना...
गण्डकीमा थपिए थप १६३ जना कोरोना संक्रमित 

काठमाडौं, भदौ २३ : गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको नमुना परीक्षण गरिएकामा १६३ जनामा संक्रमण देखिएको हो ।

प्रदेशका ५ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की ७६, बागलुङ ६, स्याङ्जा १५, म्यादी १ पर्वत ३,गोरखा ७, लमजुङ १२ , तनहुँमा १२ र नवलपुरमा ३१ जनामा संक्रमण देखिएको हो ।

Hardik ivf

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ९९२ पुगेको छ । यस्तै गण्डकी पप्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २३० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७९ हजार ५९१ पुगेको छ ।

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संङख्या २ हजार ८१  पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०:१२ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्