Kathmandu Press

बहुविवाहको मुद्दामा छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, साउन ८ : प्रहरीले चलचित्र निर्माता छवि ओझा र उनकी कान्छी श्रीमती शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। 

महानग....

बहुविवाहको मुद्दामा छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, साउन ८ : प्रहरीले चलचित्र निर्माता छवि ओझा र उनकी कान्छी श्रीमती शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंले बहुविवाहको मुद्दा दर्ता भएपछि छवि र शिल्पाविरुद्ध बुधबार पक्राउ पूर्जी जारी रहेको हो। छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बुहविवाहको उजुरी दर्ता गराएकी थिइन्।

Hardik ivf

बहुविवाहको उजुरी दर्तापछि उनीहरुलाई पक्राउ गर्न पुर्जी काटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए। छवि र शिल्पाबीच सम्बन्धमा चिसोपना आएपछि सम्बन्धविच्छेदको कुरा चलिरहेका बेला हेमाले बहुविवाहको उजुरी दिएकी थिइन्। 

हेमाले छविसँग आफ्नो विहे २०४१ सालमा भएको र दुई वटा छोराहरु पनि रहेको उल्लेख गर्दै बहुविवाहको मुद्दा दिएकी थिइन्। 

यो पनि: जेठी पत्नी हेमाले दिइन् छवि-शिल्पाविरुद्ध बहुविवाहको उजुरी

हेमाले छवि र शिल्पाबीचको सम्बन्धबारे मिडियामा चर्चामा आएपछि आफूले के हो भनेर प्रश्न सोधे पनि छविले अर्को विवाह गरेको प्रमाण के छ भनेर जवाफ फर्काएको उजुरीमा उल्लेख गरेकी थिइन्। हेमाले छविको अफिसका कर्मचारीबाट बिहे दर्ताको कागजात पाएकाले सोही आधारमा बहुविवाहको मुद्दा दिएको बताएकी थिइन्।

हेमाले प्रश्न गर्दै भनेकी छिन्, 'घरमा श्रीमती म हुँदाहुँदै छोरी भन्न सुहाउने उमेरकी शिल्पा पोखरेलसँग विवाह गरेकाले म यो जाहेरी लिएर उपस्थित भएकी छु।' हेमाले छवि र शिल्पा दुबैलाई नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न माग गरेकी छिन्।

हेमाले छवि र आफूबाट छोराहरु महेश र राजीव ओझा रहेको पनि दाबी गरेकी छिन्।
 

प्रकाशित मिति: १६:१३ बजे, बुधबार, साउन ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्