अवैध रुपमा भारत लैजाँदै गरेको मटरसहित दुई पक्राउ
रूपन्देही, भदौ २३ : रुपन्देहीको कोटईमाई गाउँपालिका–५ दुर्इ मुहानबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको ३० क्विन्टल...रूपन्देही, भदौ २३ : रुपन्देहीको कोटईमाई गाउँपालिका–५ दुईमुहानबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको करिब १२ लाख ४० हजार रूपैयाँ बराबरको ३० क्विन्टल मटरसहित दुईजनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मर्चवारी गाउँपालिका-१ बस्ने ४५ वर्षीय हरिशंकर यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय रतन यादव छन्। इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लु१ज ४५१८ नम्बरको पिकअपमा भारततर्फ लैजाँदै गरेको उक्त मटरसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूलाई बरामद मटर तथा सवारीसाधनसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उक्त कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १८:०९ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१