ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
सोलुखुम्बु, भदौ २३ : सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–८ दिप्लीघाटस्थित सडकमा लु३त ५४५० नम्बरको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।आफैँ अनियन्त्रित भई सडकबाट करिब १०...
सोलुखुम्बु, भदौ २३ : सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–८ दिप्लीघाटस्थित सडकमा लु३त ५४५० नम्बरको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ।
आफैँ अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा चालक उदयपुर कटारी घर भएका २५ वर्षीय रमेश राउतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टरका सहचालक खोटाङ ऐसेलुखर्क गाउँपालिका-३ बस्ने १८ वर्षीय प्रदीप दाहाल घाइते भएका छन्। प्रहरी चौकी मुक्लीबाट खटिएको प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७:५१ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












