मृत अवस्थामा भेटियो डमरु
चितवन, भदौ २३ : चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ। निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको...चितवन, भदौ २३ : चितवन राष्ट्रिय निकुञ्जमा एक डमरु मृत अवस्थामा भेटिएको छ। निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत ढुङगरे खोलामा तीन महिनाको पाटे बाघको बच्चा मृत अवस्थामा भेटिएको हो।
कार्यालयका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार डममरु माउसँग छुट्टिएर भोकै भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ। मृत भेटिएको डमरुको पोष्टमार्टम गरी थप परीक्षणका लागि नमुना भेटेनरी शाखा पठाइएको छ।
आर्थिक वर्ष २०७८्/७९ मा मृत भेटिएको यो पहिलो बाघ हो। निकुञ्जमा सन् २०१८ को गणनाअनुसार ९३ वटा वयस्क बाघ छन्।
प्रकाशित मिति: १४:१९ बजे, बुधबार, भदौ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१