Kathmandu Press

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

कैलाली, भदौ २३ : चोरी मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–५ बस्ने २३ वर्षीय जीवन चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।जिल्ला अदालत कैलालीको २०७६ कात्तिक...
चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ 

कैलाली, भदौ २३ : चोरी मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका–५ बस्ने २३ वर्षीय जीवन चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कैलालीको २०७६ कात्तिक १८ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष ११ महिना ९ दिन कैद र ३० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका–५ बाट पक्राउ गरेको हो। 

Hardik ivf

यसैगरी चोरी मुद्दाका फरार प्रतिवादी कैलालीकै भजनी नगरपालिका–१ बस्ने ४३ वर्षीय हरिओम चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कञ्चनपुरको २०६३ फागुन ३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र १ लाख ६० हजार रुपैयाँ जरिवाना ठहर भई १५ वर्षदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही नगरपालिका-१ बाट पक्राउ गरेको हो। 

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कैलाली पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, भदौ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्