सिन्धुलीमा भीरबाट लडेर एक जनाको मृत्यु

काठमाडौं, २२ भदौ : सिन्धुलीको कमलामाई नगरपालिका–४ पोख्रेलगाँउ बस्ने ६० वर्षीया रत्नमाँया मगरको लडेर सोमबार दिउँसो मृत्यु भएको छ ।
घरबाट करिब १ किलोमिटर टाढा खादिखोला सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा भीरमा ढुंगामा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












