डुबेर दुई जनाको मृत्यु

काठमाडौं, भदौ २२ : पर्सा र रूपन्देहीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ ।
पर्साको बिन्दवासिनी गाउँपालिका–४ मधुवन बस्ने २० वर्षीय हिरामन दासको सोमबार दिउँसो खोलामा डुबेर मृत्यु भएको छ। आफ्नै घरदेखि करिब २ किलोमिटर टाढा गार्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।
यस्तै रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ गनवरीयास्थित माछा पोखरीमा डुबेर गैडहवा गाउँपालिका–२ घर भएका फिरोज आलमको ३ वर्षीय छोरा मोहम्मद आलमको सोमबार राति मृत्यु भएको छ।
आफ्नो आमासँग मामा घर आएका उनी घरदेखि करिब १० मिटर टाढा खेल्ने क्रममा माछा पोखरीमा खसेर डुब्दा अशक्त भएका उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)