मेघा बैंकले ल्यायो ‘एक शाखा, एक छोरी’ छात्रावृत्ति योजना
काठमाडौं, साउन ७ : मेघा बैंक नेपाल लिमिटेडले ‘एक शाखा, एक छोरी’ छात्रावृत्ति योजना सार्वजनिक गरेको छ।
बैंकको नवौं वार्षिकोत....

काठमाडौं, साउन ७ : मेघा बैंक नेपाल लिमिटेडले ‘एक शाखा, एक छोरी’ छात्रावृत्ति योजना सार्वजनिक गरेको छ।
बैंकको नवौं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमााडौंमा सो छात्रावृत्ति योजना सार्वजनिक गरिएको हो। शिक्षाबाट बञ्चित हुन बाध्य छात्राहरुलाई कक्षा १२ सम्म अध्ययनका लागि आवश्यक आर्थिक सहायता दिने गरी सबै शाखाबाट सो छात्रावृत्ति योजना लागू गराउने कार्यको शुभारम्भ गरिएको बैंकका अध्यक्ष भोजबहादुर शाहले बताए।
बैंकको हाल १ सय २ वटा शाखा रहेका छन्। ती सबै शाखाबाट एक जना गरिब तर जेहेन्दार छात्रालाई कक्षा १२ सम्मको अध्ययनका लागि यो योजना तय गरिएको पनि बैंकले जनाएको छ। अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्र अन्तर्गत स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि आगामी दिनमा लगानी गर्दै जाने योजना तय गरेको बताए।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको निक्षेप गत वर्षको १९ अर्वबाट बढेर ८२ अर्व पुगेको जानकारी दिइन्।
बैंकको कर्जा प्रवाह १५ अर्ब ५० करोडबाट बढेर ७३ अर्ब पुगेको छ। देशभर १०२ वटा शाखा कार्यालय स्थापना गर्न सफल सो बैंकको १०२ वटा एटिएम मेशिन, ११९ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २५ सय मेघा रेमिट एजेन्टहरु पनि रहेका छन्।










-1754206481.jpg)
