प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार पुनः सुरू
राजविराज, भदौ २० : आठ वर्षपछि सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः आजदेखि सर्पदंशको उपचार सुरू भएको छ। नगरपालिकाले आफ्नो पहिलो...
राजविराज, भदौ २० : आठ वर्षपछि सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः आजदेखि सर्पदंशको उपचार सुरू भएको छ। नगरपालिकाले आफ्नो पहिलो नीति तथा कार्यक्रममा सर्पदंश उपचार सञ्चालन गर्ने उद्देश्यअनुसार विधिवत्रूपमा आजदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार थालिएको हो।
सर्पदंश उपचारका लागि विज्ञ चिकित्सकबाट २१ स्वास्थ्यक्रर्मीले दुई दिने तालिमसमेत लिएका छन्। डा प्रकाश साहका अनुसार आफ्नो नेतृत्वमा सर्पदंश उपचारसम्बन्धी डा छविलाल थापा र रेस्क्यु टिमका कमल देवकोटालाई आग्रह गरेर कञ्चनरुपमा दुई दिने सर्पदंश उपचारका लागि तालिम दिलाएको बताए।
नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज उद्घाटन गरेर सेवाको सुरू गरिएको हो। कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्रले शिक्षा र स्वास्थ्य शान्ति क्षेत्र भएकाले यसक्षेत्रमा कसैले अशान्ति तथा अनावश्यक हस्तक्षेप गर्न नहुने बताए। स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादवले गोमन सर्पले टोकेपछि २० मिनेटभित्र बिरामीलाई उपचारका लागि पुर्याउन सके बचाउन सकिने व्यवस्थासमेत मिलाइएको छ।












