Kathmandu Press

कोरोनाबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु 

कोरोनाबाट गण्डकी प्रदेशमा थप ६ जनाको मृत्यु 

काठमाडौं, भदौ २० : गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ ।

कोरोना संक्रमणबाट पोखरा, म्याग्दी, स्याङजा, पर्वत, बागलुङ र तनहुँमा एक एक जना गरी ६ जनाको मृत्यु भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३१२ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशमा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Hardik ivf

पछिल्लो २४ घण्टामा ९०४ जनाको नमुना परीक्षण गरिएकामा ९२ जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये ४७ पुरुष र ४५ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ३९, बाग्लुङ १०, स्याङ्जा ९,म्याग्दीका ७, पर्वत ५, लमजुङ १७ र तनहुँ ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ४२९ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ७८ हजार ७०७ पुगेको छ ।  

प्रकाशित मिति: १९:४५ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्