लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

बर्दिया, भदौ २० : गुलरिया नगरपालिका ११ स्थित सडकबाट ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ परेकाम छन्। फत्रउ पर्नेमा बाँसगढी नगरपालिका ९ का २५ वर्षीय हरि बहादुर थापा रहेका छन्।
बा ६८ प ५५६७ नम्बरको मोटसाइकलमा सवार हरि बहादुरलाई प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा लागूऔषधसहित फेला पारी शनिबार पक्राउ गरेको हो।
उनीउपर लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रकाशित मिति: १८:१४ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)