Kathmandu Press

‘सिआईबीको ईन्सपेक्टर हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने युवक पक्राउ 

बाँके, भदौ २० : कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै...
‘सिआईबीको ईन्सपेक्टर हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने युवक पक्राउ 

बाँके, भदौ २० : कोहलपुर नगरपालिका ११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू सिआईबीको ईन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँड्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान दार्माकोट गाउँपालिका २ का ३२ वर्षीय दिपेन्द्र रोकाय रहेका छन्। 

उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई शनिबार पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: १८:१० बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्