बाग्लुङमा युवक मृत अवस्थामा फेला
बाग्लुङ, भदौ २० : बागलुङमा एक यवक मृत अवस्थामा फेला परेका छन्।उनी बाग्लुङ नगरपालिका-१० भकुण्डेको चमचा बस्ने २८ वर्षीय सागर थापा रहेको प्रहरीले...
बाग्लुङ, भदौ २० : बागलुङमा एक यवक मृत अवस्थामा फेला परेका छन्।
उनी बाग्लुङ नगरपालिका-१० भकुण्डेको चमचा बस्ने २८ वर्षीय सागर थापा रहेको प्रहरीले जनाएको छ। आफ्नै घरदेखि करिब ५ मिटर टाढा पहिरो खोलामा शनिबार उनी मृत अवस्थामा फेला परेका हुन्।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:२६ बजे, आइतबार, भदौ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












