Kathmandu Press

बालिका बलात्कार आरोपमा एकजना पक्राउ 

बालिका बलात्कार आरोपमा एकजना पक्राउ 

सुनसरी, भदौ २० : १० वर्षीया बालिकालाई जबरजस्ती करणी  गरेको आरोपमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

भदौ १५ गते ती बालिकालाई  सहनीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, भदौ २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्