सुदूरपश्चिममा थप ३४ जनामा सङ्क्रमण, ३१ डिस्चार्ज
सुदूरपश्चिम, भदौ १९ : सुदूरपश्चिममा प्रदेशमा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट...
सुदूरपश्चिम, भदौ १९ : सुदूरपश्चिममा प्रदेशमा आज थप ३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट प्रदेशभर ८०४ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ३४ जनामध्ये २७ जनामा पीसीआर र सात जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो।
पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६ जना र बैतडी अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा पाँच र बाजुरामा दुई जनामा कोरोना सङक्रमण देखिएको निर्देशनालयले जनाएको छ।
यसैबीच गएको २४ घण्टामा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन भने सोही अवधिमा प्रदेशभर ३१ जना सङ्क्रमणमुक्त भएका हुन्।
प्रकाशित मिति: २१:१९ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)