Kathmandu Press

खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

खोटाङ, भदौ १९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ। केन्द्रमा केपी शर्मा ओली नेतृत्वको...
खोटाङमा नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय स्थापना

खोटाङ, भदौ १९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी खोटाङको दिक्तेल बजारमा पार्टी कार्यालय स्थापना गरिएको छ। केन्द्रमा केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)बाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको समाजवादी पार्टीको शनिबार दिक्तेलमा पार्टी कार्यालय स्थापना गरिएको हो।

दिक्तेलस्थित पुरानो बेसक्याम्पमा स्थापना गरिएको पार्टी कार्यालय नेकपा (एकीकृत समाजवादी)का १ नं प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईले उद्घाटन गर्नुभयो । पार्टी कार्यालय उद्घाटन गर्दै संयोजक राईले एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्ने अवस्थामा पु¥याएकाले आरोप लगाउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई सार्थक र रक्षा गर्न आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको दाबी गरे। 

Hardik ivf

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले नवगठित पार्टीका पदाधिकारीलाई शुभकामना दिएका छन्। नेकपा मालेका पोलिटब्यूरो सदस्य एवं पूर्वसांसद कुलप्रसाद फँुयाल, नेपाली कांग्रेसका नेतृ डिल्लीकुमारी आचार्य, नेकपा (माओवादी केन्द्र)का युवानेता विसन राई, जनता समाजवादी पार्टी नेपालका १ नं प्रदेश सदस्य सूर्यबहादुर राईलगायतले शुभकामना दिए। 

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा एमालेबाहेक जिल्लामा क्रियाशील सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा पार्टी कार्यालय उद्घाटनसँगै समाजवादी खोटाङको पहिलो बैठकसमेत सुरु भएको छ। 

बैठकमा पार्टीको भावी रणनीति तथा कार्ययोजनाबारे छलफल भइरहेको सचिवालय सदस्य एवं युवा तथा खेलकूद विभाग प्रमुख माइतीराज राईले जानकारी दिए। पार्टी कार्यालयमा जारी बैठकले ६१ सदस्यीय जिल्ला कार्यसमितिसमेत गठन गर्ने भएको छ। 

नवगठित पार्टीमा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङसहित २३ जना जिल्ला कार्यसमितिका पदाधिकारी आवद्ध भएका छन्। दश स्थानीय तह रहेको जिल्लामा सात जननिर्वाचित वडाध्यक्षसमेत आफ्नो पार्टीमा आवद्ध भएको समाजवादी खोटाङका जिल्ला सचिव जलशेर राईले जानकारी दिए। 

नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुख भने एमालेमै रहेका छन्। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले पाँचवटामा पालिका प्रमुख र सातवटामा उपप्रमुख जितेको थियो। प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमालेमै रहे भने प्रदेशसभा सदस्य राजन राई समाजवादीमा आवद्ध भएका छन्। 

प्रकाशित मिति: १९:२१ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्