Kathmandu Press

प्रदेश नं १ मा थप ३०५ मा कोरोना संक्रमण पुष्टि 

विराटनगर, भदौ १९ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा ६६२ जनाको पीसीआर...
प्रदेश नं १ मा थप ३०५ मा कोरोना संक्रमण पुष्टि 
Hardik ivf

विराटनगर, भदौ १९ : पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा ६६२ जनाको पीसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७० मध्ये विराटनगरमा ५३, सुनसरीमा ६३, झापामा २९, धनकुटामा नौ, इलाममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो।

प्रदेशमा आजै ३९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २०१ महिला र १९० पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्