विभिन्न हातहतियारसहित एकजना पक्राउ

कैलाली, भदौ १९ : गोदावरी नगरपालिका–१० दमैरा बस्ने २३ वर्षीय प्रदेशी चौधरीलाई एकनाले भरुवा बन्दुक लगायत विभिन्न हातहतियार सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
सोही ठाउँस्थित दमौरादेखि मालाखेती जाने भित्री सडकमा अस्थायी प्रहरी पोष्ट चौकोडाँडाबाट खटिएको प्रहरीले चौधरीलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको झोलाबाट साइकलको छर्रा ४५ थान, साइकलको धुरा काटी बनाएको गोली ८ थान, गुलेली १ थान, रेन्ची १ थान, फलामको धुलो, केप बनाउने साँचो, सलाई १ थान, रबर डोरी १ थान र बारुद समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १८:०७ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)