Kathmandu Press

पौडी खेल्ने क्रममा डुबेर  मृत्यु

झापा, भदौ १९ : पौडी खेल्ने क्रममा डुबेर झापामा एकजनाको मृत्यु भएको छ।मेचीनगर नगरपालिका–१२ धिमाल बस्तीस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हाल वतन...
पौडी खेल्ने क्रममा डुबेर  मृत्यु

झापा, भदौ १९ : पौडी खेल्ने क्रममा डुबेर झापामा एकजनाको मृत्यु भएको छ।

मेचीनगर नगरपालिका–१२ धिमाल बस्तीस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हाल वतन नखुलेका बम बहादुर कार्की नाम बताउने अन्दाजी ५५ बर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १७:४६ बजे, शनिबार, भदौ १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्