चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा, हटाइयो जोरबिजोर प्रणाली
चितवन, भदौ १९ : कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दै गएपछि चितवनमा निषेधाज्ञा केही खुकुलो पारिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज (शनिबार) कार्यालयले...
चितवन, भदौ १९ : कोरोना संक्रमितको संख्या र मृत्युदर घट्दै गएपछि चितवनमा निषेधाज्ञा केही खुकुलो पारिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज (शनिबार) कार्यालयले आदेश जारी गर्दै भदौ ३१ सम्मका लागि निषेधाज्ञा थप गर्दै यातायातमा कायम रहेको जोरबिजोर प्रणाली हटाएको छ।
जारी निषेधाज्ञा आइतबार राति १२ बजे सकिंँदैछ। त्यसपछि त्यहाँ नयाँ निषेधाज्ञा लागु हुनेछ।
चितवन प्रशासनले होटल रेस्टुरेन्ट खोल्ने समयतालिका पनि बढाएको छ। स्मार्ट लकडाउनसहित अवस्था हेरेर असोज १ गतेबाट विद्यालयको खोल्न अनुमति दिइने पनि आदेशमा उल्लेख छ।
पार्टी प्यालेसमा ५० प्रतिशत क्षमता मात्र रहने गरी खोल्न दिने बताइएको छ। भिडभाड नगरी सामाजिक दूरी कायम गरेर धार्मिक मठमन्दिर तथा अनुष्ठानहरुमा नित्य पूजासम्म गर्न सकिने पनि बताइएको छ।
प्रकाशित मिति: १२:४९ बजे, शनिबार, भदौ १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












