Kathmandu Press

सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंक शाखा खुल्यो

काठमाडौं, साउन ६ : सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ। 

प्रतिनिधिसभाका सभ....

सिंहदरबारभित्र राष्ट्रिय वाणिज्य बैंक शाखा खुल्यो
फाइल

काठमाडौं, साउन ६ : सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ। 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबार एक कार्यक्रमकाबीच स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयको उद्घाटन गरेका हुन्। 

कार्यक्रममा उनले संघीय संसदका सांसद, कर्मचारी सबैलाई बैंकिङ सेवा दिने उद्देश्यका साथ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एटिएम सेवासहितको शाखा कार्यालय स्थापना गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई धन्यवाद दिएका थिए। उनले सांसदहरुले सरकारी बैंक नै स्थापना गर्न माग गरेपछि सरकारको पहलमा बैंकको शाखा संसद सचिवालय परिसरमा स्थापना भएको पनि स्मरण गराए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले ६ महिनाभित्र आफ्ना सबै शाखालाई  प्रभावकरी ढंगले संचालन गर्ने योजना तय गरेको जानकारी दिएका थिए। उनले बैंकले आफ्नो सेवालाई प्रभावकारी बनाउन नयाँ जनशक्ति र प्रविधिको विकासमा जोड दिइरहेको पनि बताए।

राष्ट्रिय वाणिज्य बैंकले देशका सबै जिल्लाहरुमा आफ्नो शाखा कार्यालय विस्तार गरिसकेको छ। 

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, साउन ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्