Kathmandu Press

सुदूरपश्चिममा थप ३५ जनामा सङ्क्रमण, ४० सङ्क्रमणमुक्त

काठमाडौं, भदौ १८ : सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा थप ३५ जनामा  कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।पीसीआर र एन्टीजेन विधिमार्फत गरी  प्रदेशभर...
सुदूरपश्चिममा थप ३५ जनामा सङ्क्रमण, ४० सङ्क्रमणमुक्त

काठमाडौं, भदौ १८ : सुदूरपश्चिम प्रदेशमा गएको २४ घण्टामा थप ३५ जनामा  कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पीसीआर र एन्टीजेन विधिमार्फत गरी  प्रदेशभर ९७२ जनाको नमूना परीक्षण गर्दा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Hardik ivf

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १२३ जनाको नमूना परीक्षण गर्दा २४ जना, महाकाली अस्पतालमा १२ जनाको नमूना परीक्षण गर्दा दुई जना र डडेल्धुरा अस्पतालमा १३ को नमूना परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 यस्तै एन्टीजेन विधिमार्फत गरेको परीक्षणमा कञ्चनपुरका तीन, बाजुरा, डडेल्धुराका दुई÷दुई र डोटीमा एक जनामा सङ्क्रमण देखिएको हो । यसैबीच उक्त अवधिमा प्रदेशभर ४० जना सङ्क्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: २०:०६ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्