हुम्लामा बाढीले काठे पुल बगायो
सिमकोट, भदौ १८ : हुम्लाको सिमकोट गाउँपालिका–४ र ३ को बीचमा रहेको काठे पुल बाढीले बगाएको छ। बिहीबार राति आएको बाढीले काठे पुल बगाउँदा...सिमकोट, भदौ १८ : हुम्लाको सिमकोट गाउँपालिका–४ र ३ को बीचमा रहेको काठे पुल बाढीले बगाएको छ।
बिहीबार राति आएको बाढीले काठे पुल बगाउँदा वडा १,२,३ र खापुनाथ गाउँपालिका–५ का स्थानीयलगायत बटुवालाई आवतजावतमा कठिनाई बनाएको छ। अविरल वर्षासँगै हेल्दुम खोलामा आएको बाढीले उक्त क्षेत्रको पुल बगाएको स्याम्ने गाउँका स्थानीय भ्यायल महतले जानकारी दिए। बाढीले काठे पुल बगाएपछि ठेहे, दोजाम, ताक्ला, बाम्टा र बरगाउँ गाउँलगायत अन्य बटुवालाई ओहोरदोहोर गर्न समस्या बनाएको स्थानीय महतले बताए।
यस्तै बिहीबार राति आएको बाढीले स्याम्ने गाउँका स्थानीयलाई जोखिम बनाउनुका साथै यस क्षेत्रमा क्षति गरेको बताइएको छ। माथिबाट आएको बाढीले स्याम्ने गाउँका स्थानीय त्रसित भएका छन्। केही वर्ष अगाडि आएको बाढीले स्याम्ने गाउँमा ठूलो क्षतिसमेत गरेको थियो।
प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१