Kathmandu Press

प्रदेश १ मा थप ४१९ जनामा कोरोना संक्रमण 

विराटनगर, भदौ १८ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४१९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। एक हजार ११० जनाको पीसीआर...
प्रदेश १ मा थप ४१९ जनामा कोरोना संक्रमण 
Hardik ivf

विराटनगर, भदौ १८ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४१९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। एक हजार ११० जनाको पीसीआर परीक्षण गर्दा २०० र ९०३ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९० मध्ये विराटनगरमा ६६, झापामा ५५, सुनसरीमा २२, इलाममा १५, धनकुटामा छ, ताप्लेजुङमा दुई, भोजपुर र उदयपुरमा एक एक र प्रदेश  बाहिरका आठ जनामा सङ्क्रमण देखिएको हो।

प्रदेशमा आजै ४७० जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमण मुक्त हुनेमा २२९ महिला र २४१ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्