Kathmandu Press

‘विश्व बजारमा रोजगारीका लागि सक्षम विद्यार्थी उत्पादन गर्ने’

विराटनगर, भदौ १८ : विश्व बजारमा नेपाली विद्यार्थीलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलव्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको अतिथि सत्कार व्यवस्थापन विषयको कलेज...
‘विश्व बजारमा रोजगारीका लागि सक्षम विद्यार्थी उत्पादन गर्ने’
Hardik ivf

विराटनगर, भदौ १८ : विश्व बजारमा नेपाली विद्यार्थीलाई दक्ष बनाइ उच्चस्तरको रोजगारी उपलव्ध गराउने उद्देश्यले विराटनगरमा स्नातक तहको अतिथि सत्कार व्यवस्थापन विषयको कलेज सञ्चालनमा आएको छ। शिक्षा क्षेत्रमा अग्रणी रहेको ‘आइएनजी ग्रुप’ ले बेलायती विश्वविद्यालयको सम्बन्धनमा  ‘विराटनगर इन्टरनेशनल कलेज’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा तीन वर्षे स्नातक तहको ‘इन्टरनेशनल  हस्पिटालिटी  म्यानेजमेण्ट’ विषय यस वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ। 

इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यवस्थापनमा सञ्चालन हुने कलेजमा अध्ययनरत विद्यार्थीलाई नेपाल तथा विदेशमा तालिम तथा रोजगारीका लागि पठाउन विभिन्न संंस्थासँग साझेदारी गरेको ग्रुपका प्रमुख सुलभ वुढाथोकीले बताए।

कलेजका प्रमुख कार्यकारी अधिकृत ऋषिकेश वाग्लेले नौलो विषयमा अध्ययन गर्ने गरी उत्पादन हुने विद्यार्थी विश्वका जुनसुकै देशमा रोजगारी प्राप्त गर्न सक्षम हुने जानकारी दिए। उक्त कलेज यस अघि मेरिल्याण्ड कलेज रहेकोमा अहिले इन्टरशेनल  कलेजको पूर्णस्वामित्वमा आएको कलेजका विकास दाहालले जानकारी दिए। ग्रुपबाट सञ्चालित कलेजबाट अहिलेसम्म ४०० विद्यार्थी दीक्षित भएका छन्। त्यस्तै ४०० अध्ययन गरेका र ९५ प्रतिशत विद्यार्थी नेपाल तथा विभिन्न देशमा रोजगाररत छन्। ग्रुपले विभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनी तथा अनलाइन लर्निङको ‘माई सेकेण्ड टिचर’ समेत सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: १८:५५ बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्