पिकअपको ठक्करबाट बालकको मृत्यु

झापा, भदौ १८ : पूर्वपश्चिम राममार्गको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला अगाडि आज बिहान पिकअप गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका–३ का लाहोरा कापरीको छोरा मानव कापरी रहेको प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थमै बालकको मृत्यु भएको थियो।
सर्लाही घर भए पनि उनीहरू हाल रङ्गशाला अगाडि पाल टाँगेर बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले गाडीका चालक मकवानपुर हेटौँडा नगरपालिका–११ का २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ। उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १८:४७ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












