Kathmandu Press

पोखरामा खोलाले बगाउँदा एकजनाको मृत्यु

कास्की, भदौ १८ पोखरा महानगरपालिका–३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँ बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको छ।खोलाले बगाई रुखमा अड्किएको...
पोखरामा खोलाले बगाउँदा एकजनाको मृत्यु

कास्की, भदौ १८ पोखरा महानगरपालिका–३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँ बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको छ।

खोलाले बगाई रुखमा अड्किएको अवस्थामा फेला पारी स्थानीयले उद्धार गरी उपचारका लागि शिशुवा अस्पताल पठाएकोमा उपचारका क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, भदौ १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्