मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ
काठमाडौं, भदौ १८ : काठमाडौं महानगरपालिका–२७ वीर अस्पताल अगाडिबाट बागमती प्रदेश–०२–०२० प ४९३७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा काभ्रे दाप्चा नगरपालिका–१० घर...
काठमाडौं, भदौ १८ : काठमाडौं महानगरपालिका–२७ वीर अस्पताल अगाडिबाट बागमती प्रदेश–०२–०२० प ४९३७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा काभ्रे दाप्चा नगरपालिका–१० घर बताउने २ जना १८ वर्षीय किशोरहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूले उक्त मोटरसाइकल काठमाडौं बागबजारबाट चोरी गरी ल्याएको भन्ने खुन्न आएपश्चात उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७:५८ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












