जबरजस्ती करणीको आरोपमा पक्राउ
ओखलढुंगा, भदौ १८ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–९ बस्ने ३३ वर्षीय भोला कटवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको...
ओखलढुंगा, भदौ १८ : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–९ बस्ने ३३ वर्षीय भोला कटवाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
कटवालले ती किशोरीलई गत आइतबार सिद्धिचरण नगरपालिकास्थित एक गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












