ढुंगा खसेर लाग्दा फुङलिङमा एकजनाको मृत्यु
ताप्लेजुङ, भदौ १८ : ढुङ्गा खसेर लाग्दा फुङलिङ नगरपालिका-१० सिम्लेस्थित सानीमा हाईड्रोपावरमा कुकको काम गर्ने ४४ वर्षीय खगप्रसाद तामाङको बिहीबार दिउँसो मृत्यु भएको...
ताप्लेजुङ, भदौ १८ : ढुङ्गा खसेर लाग्दा फुङलिङ नगरपालिका-१० सिम्लेस्थित सानीमा हाईड्रोपावरमा कुकको काम गर्ने ४४ वर्षीय खगप्रसाद तामाङको बिहीबार दिउँसो मृत्यु भएको छ।
उक्त हाइड्रोपावरको किचन रुममा बसिरहेको अवस्थामा एक्कासि माथिबाट ठुलो ढुंगा खसेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:५४ बजे, शुक्रबार, भदौ १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












