Kathmandu Press

सुदूरपश्चिममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, २९ जना डिस्चार्ज

सुदूरपश्चिममा थप २९ जनामा कोरोना संक्रमण पुष्टि, २९ जना डिस्चार्ज

सुदूरपश्चिम, भदौ १७ : गएको २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप २९ जनामा कोरोना सङ्क्रमण पुष्टि  भएको छ। पीसीआर र एन्टिजेन गरी कूल ८३१ जनाको परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।  

आरडिटी पीसीआर विधिमार्फत कूल १४२ जनाको परीक्षण गर्दा २६ र ६८९ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६, महाकाली अस्पतालमा पाँच, डडेल्धुरा अस्पतालमा चार र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। यस्तै एन्टिजेन विधिमार्फत् गरिएको परीक्षणमा कञ्चनपुरका तीन जनामा सङ्क्रमण देखिएको हो।

बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट यस प्रदेशका कसैको पनि मृत्यु नभएको निर्देशनालयले जानकारी दिएको छ। यस्तै सोही अवधिमा २९ जना सङ्क्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: २०:२१ बजे, बिहीबार, भदौ १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्