भीसीटीएस लागू गर्दा उद्यमीलाई असहज नहोस् : साझा पार्टी
काठमाडौँ, साउन ६ः सरकारले लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लगायतका नीतिमा आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको विरोधप्रति ....

काठमाडौँ, साउन ६ः सरकारले लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) लगायतका नीतिमा आपुर्ति क्षेत्रका उद्योग व्यवसायीको विरोधप्रति साझा पार्टीले समर्थन जनाएको छ।
पार्टी प्रवक्ता सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै, उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन, व्यवसायको सुरक्षा, आकर्षक प्रतिफलको अवस्था सिर्जना, न्यायोचित, सहज र प्रभावकारी कर प्रणाली, आधुनिक प्रविधिको प्रयोग लगायतका कुराको नीतिगत र प्रकृयागत सुनिश्चितता गर्नु राज्यको दायित्व हो भन्ने साझा पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।
आचार्यले भनेका छन्, ‘यस सम्बन्धमा सरकारले हालै अवलम्बन गरेका नीतिहरू सैद्धान्तिक तहमा उपयुक्त देखिए पनि उद्योग व्यवसायीहरूले विभिन्न व्यवहारिक कठिनाइ हुने कुरा औंल्याउँदै विरोधमा उत्रिने अवस्था सृजना हुनु सुखद कुरा होइन। कतिपय नीति कार्यान्वयन गर्न विद्यमान इन्टरनेट पूर्वाधारको अपर्याप्तता र अविश्वसनीयताले गर्दा आपुर्ति प्रणालीमा नै गम्भिर प्रतिकुल असर पर्न सक्ने उद्योग व्यवसाय क्षेत्रको चिन्ता प्रति सरकारले गम्भीरताका साथ सम्बोधन गर्नु पर्ने साझा पार्टी ठहर छ।’










-1754206481.jpg)
